मेयर, उपमेयरलगायत ठूलाबडा विदेश सयरमा, भरतपुर महानगर एक साता रित्तो

मेयर, उपमेयरलगायत ठूलाबडा विदेश सयरमा, भरतपुर महानगर एक साता रित्तो

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चीन भ्रमणमा निस्केकी छन् । उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै एअर चाइनाको उडानमा आज चीन गएकी हुन् ।

टोली मध्यान्ह सवा १२ बजे काठमाडौंबाट छन्तु प्रस्थान गरेको हो । तिब्बतको सिगात्से शहरको भ्रमणमा निस्केको टोलीमा महानगरका सबैजसो उपल्लो तहका अधिकारी सहभागी छन् । 

उपमेयर चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, मेयरका प्रेस सल्लाहकारलगायत आठ जना नौ दिनको भ्रमणमा चीन गएका हुन् ।

मेयर, उपमेयर र प्रशासकीय अधिकृत नौ दिनसम्म विदेश भ्रमणमा निस्केपछि महानगर जिम्मेवारी वहन गर्ने अधिकारीको हिसाबले रित्तो भएको छ । यसबारे साेधिएकाे जिज्ञासामा  कुनैपनि कर्मचारी बाेल्न चाहेनन् ।

टिप्पणीहरू