सेनाको बारुद कारखानाले फेरि विस्फोटक पदार्थ उत्पादन गर्छ : उपप्रधानमन्त्री खड्का

सेनाको बारुद कारखानाले फेरि विस्फोटक पदार्थ उत्पादन गर्छ : उपप्रधानमन्त्री खड्का

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको बारुदखानाको निरीक्षण गर्नुभएको छ । उहाँ झण्डै एक सय वर्ष पुरानो बारुदखानाको स्थलगत निरीक्षणमा आज स्वयम्भू नजिकै पुग्नुभएको हो ।

उहाँले नेपाली सेना र विकास निर्माणका लागि आवश्यक विष्फोटक पदार्थ उक्त कारखानाले नियमित आपूर्तिको वातावरण बनाउन आफूले पहल गर्ने धारणा राख्नुभएको छ ।

पछिल्ला केही वर्षदेखि मुलुकभित्रका विकास निर्माणमा समेत प्रयोग हुने विस्फोटक पदार्थको उत्पादन गर्दै आएको कारखानाले कच्चा पदार्थको अभावमा उक्त कार्य रोकेको छ । नेपाली सेनाका लागि हातहतियार तथा विस्फोटक पदार्थ उत्पादन गरेको उक्त बारुदखानाको क्षमता बढाउन सरकार तयार रहेको उहाँले जानकारी दिनुभएको हो ।

उपप्रधानमन्त्रीसँगै कारखाना निरीक्षणमा प्रधानसेनापति प्रभुराम शर्मा, रक्षासचिव किरणराज शर्मासहित केही उच्च सैनिक अधिकारीहरुको समेत पुगेको बताइएको छ ।

टिप्पणीहरू