सेनाकै मान्छे बौद्धिक चोरीमा संलग्न

सेनाकै मान्छे बौद्धिक चोरीमा संलग्न

अवकाशप्राप्त मेजर विष्णुसिंह बस्नेतले जनआस्था साप्ताहिकमा आफूले भारतका बहुप्रसिद्ध अभिनेता राज कपुरबारे स्तम्भ लेख्दै आएको दाबीसहित फेसबकको भित्ता रंगाएको पाइएको छ । जबकि उनले आजसम्म पनि जनआस्थामा लेखेका छैनन् ।

जनआस्थाकर्मी राजेन्द्र स्थापितले आफ्नो बाइलाइनमा लेखेको विश्वको सेरोफेरो स्तम्भलाई आफ्नो भनेर उनले सामाजिक सञ्जालमार्फत भ्रम छरेका हुन् । लेख्छन्, ‘मैले विगत दुई अङ्कदेखि साप्ताहिक पत्रिका जनआस्थामा राज कपूरबारे प्रकाशित केही संस्मरणबारे लेख्दै आइरहेको छु, आज पनि त्यसैलाई निरन्तरता दिँदै छु ।’ राज कपुरबारे स्तम्भ जनआस्थाकर्मी स्थापितले २०७९ असारमा लेखेका थिए भने यो वर्षको साउन ३ गते पनि यस्तै अर्को लेख प्रकाशित छ ।  

‘पर्दाको प्रेम जब मनभित्रै प्रकट हुन्छ’ शीर्षकको स्तम्भमा स्थापितको नामसहित फोटो पनि छापिएको छ । अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल नेपालभूषण चन्दकै १० बेसिकका मित्र उनलाई जनआस्थाकर्मीले चिनेका छैनन् । न त जनआस्थाले कहिल्यै उनको लेखरचना, स्तम्भ नै प्रकाशन गरेको छ ।

कडा मिहिनेतसाथ लेखिएको स्तम्भलाई अनधिकृत व्यक्तिले आफ्नो भनी झूठो दाबी गरेपछि सेनाले दिएको नैतिक शिक्षामाथि नै गम्भीर प्रश्न उठेको छ । काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलमा डिएसपीको भूमिका निर्वाह गरिसकेका गुल्मीका बस्नेतको यो हर्कत साँच्चै लाजमर्दाे छ । 
 

बस्नेत चलचित्र निर्देशक, गीतकार चेतन कार्कीका सालो हुन् । ०४४ सालमा पाँचथरमा गुल्मपति हुँदा उनीमाथि भ्रष्टाचार मुद्दा लागेको थियो ।

 

टिप्पणीहरू