पहिलो बैठकमै उद्योगमन्त्रीको अनुपस्थिति, सांसदहरुको आपत्ति

पहिलो बैठकमै उद्योगमन्त्रीको अनुपस्थिति, सांसदहरुको आपत्ति

उद्योग, वाणिज्य तथा आपूर्ति समितिको बैठकमा उद्योगमन्त्री रमेश रिजाल अनुपस्थित भएका छन् । आज बिहान ११ बजेदेखि बसेको बैठकमा मन्त्री अनुपस्थित भएपछि सांसदहरुले कडा आपत्ति जनाएका हुन् । 

भदौ ११ गते समिति सभापतिमा चयन भएका अब्दुल खान नेतृत्वमा आज पहिलो बैठक बसेको हो । तर, पहिलो बैठकमै मन्त्री रिजाल सहभागी नभएपछि सांसदहरुले बिरोध जनाएको बताइन्छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले समिति बैठकमा मन्त्री अनुपस्थित भएपछि आपत्ति जनाएका हुन् । मन्त्रीले समिति बैठकलाई महत्व नदिएकाले कारणसहित स्पष्टीकरण दिनुपर्ने उनको माग छ । अन्य सांसदहरुले पनि मन्त्री रिजाल अनुपस्थित भएकोमा चर्को आलोचना गरेका छन् । 

मन्त्री अनुपस्थित भएपनि सभापति खानको अध्यक्षतामा बसेको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीलगायतको उपस्थिति रहेको बताइन्छ ।

राजकुमार रायबाट

टिप्पणीहरू