पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध

पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध

रोक ले पशुपति मन्दिर वरपर मासु, मदिरा तथा अन्य नशालु पदार्थको बिक्रीवितरण र सेवनमा रोक लगाएको छ । 

हिन्दु नारीहरुको महान चाड हरितालिका (तीज) पर्वलाई मध्यनजर गर्दै प्रशासनले पशुपति क्षेत्रभित्र पवित्रता कायम राख्न चार किल्ला तोकेर ती वस्तुको बिक्रीवितरण तथा सेवनमा रोक लगाएको हो । 

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले एक सूचना प्रकाशित गर्दै आजदेखि लागू हुने गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रका पूर्व सीमानादेखि पश्चिम, गौशाला तीलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क उमाकुण्ड गौरीघाट हुदैँ बागमतीसम्म यस्ता वस्तु निषेध गरिएको बताएका छन् । 

उनले कोही कसैले पनि सूचनाको बर्खिलाप हुने कुनै काम गरेमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कडा कानूनी कारबाही गरिने चेतावनीसमेत दिए ।


 

टिप्पणीहरू