राष्ट्रपति र प्रधानमन्त्रीले काँग्रेस र माओवादी भएर काम गरेको एमाले अध्यक्षको आरोप
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली काँग्रेसको प्रतिनिधिको रुपमा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादीको प्रतिनिधिको रुपमा काम गरेको आरोप लगाउनुभएको छ ।
हालै जाजरकोटमा गएको भूकम्पछि उहाँहरु मुलुकको राष्ट्रपति र प्रधानमन्त्रीको रुपमा नगएको दाबी गर्दै भन्नुभयो, ‘राष्ट्रपतिले तनहुँमा पुगेर काँग्रेसमा भोट हालेकोमा धन्यवाद दिनुभयो । भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पनि काँग्रेसको प्रतिनिधिको रुपमा पुग्नुभयो ।’
प्रधानमन्त्री दाहाल र सरकारका मन्त्रीहरुले भूकम्प प्रभावित क्षेत्रमा गएर माओवादीका अध्यक्ष र पार्टी प्रतिनिधिको रुपमा काम गरेकोमा आक्रोशसमेत व्यक्त गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित भेलामा बोल्दै उहाँले उक्त धारणा राख्नुभएको हो ।
राष्ट्रपति पौडेलले सुरुदेखि नै पदीय निष्पक्षता नदेखाएको उहाँको भनाई छ । तनहुँमा पुगेर गत साता उहाँले घण्टी (रास्वपा) को बिगबिगी भएको बेलामा काँग्रेसलाई भोट दिएकोमा धन्यवाद दिनुभएको थियो ।
संविधानअनुसार राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहाल दुवै नचलेको आरोप लगाउनुभयो ।
टिप्पणीहरू