दुई मुलुकका राजदूतलाई जिम्मेवारी थप

दुई मुलुकका राजदूतलाई जिम्मेवारी थप
सुन्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलले दुई मुलुकका नेपाली राजदूतलाई थप जिम्मेवारी तोक्नुभएको छ । उहाँले दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङ्गलाई गणतन्त्र मोजाम्बिक र स्विट्जरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदीलाई इटालीको गैरआवासीय नेपाली राजदूतमा नियुक्त गर्नुभएको हो । 

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँले गैरआवासीय नेपाली राजदूत नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले बताए । 

कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत श्री दानबहादुर तामाङ्गलाई गणतन्त्र मोजाम्बिकको लागि नेपालका आवासीय राजदूत श्री रामप्रसाद सुवेदीलाई इटालीका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।’

टिप्पणीहरू