उपप्रधानमन्त्रीसँगै अफ्रिका गएको टोलीमा ७ जना

उपप्रधानमन्त्रीसँगै अफ्रिका गएको टोलीमा ७ जना

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन घाना जानुभएको छ । राष्ट्रसंघले घानाको राजधानी आक्रामा भोलि र पर्सि सम्मेलन गर्न लागेको हो । 

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काले प्रतिनिधित्व गर्नुभएको टोलीमा मेजर जनरल हिरालाल जोशी, रक्षा र परराष्ट्र मन्त्रालयका दुई जना सहसचिव, बिग्रेडियर जनरल प्रेमबहादुर पुन र उपप्रधानमन्त्रीका दुई जना अंगरक्षक छन् ।

प्रत्येक वर्ष आयोजना हुने सम्मेलनमा यस पटक अन्तर्राष्ट्रिय शान्ति स्थापनामा योगदान गर्ने सदस्य राष्ट्रका तर्फबाट राष्ट्रसंघीय शान्ति स्थापनालाई सहयोग पुग्नसक्ने विभिन्न नौ क्षेत्रका प्रतिबद्धता प्रस्तुत गरिँदैछ । 

टोली गएराति पौने १ बजे फ्लाई दुबईको उडानमा काठमाडौंबाट दुबई हुँदै आक्रा गएको हो ।

टिप्पणीहरू