राष्ट्रपति एक सातामा दोस्रो पटक शिक्षण अस्पतालमा
राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज जानुभएको छ । उहाँ मध्यान्ह १२ बजेको समयमा राष्ट्रपति कार्यालय शीतल निवासबाट अस्पताल पुग्नुभएको हो ।
राष्ट्रपति पौडेल नियमित स्वास्थ्य परीक्षणको निम्ति त्यहाँ जानुभएको बताइएको छ । उहाँ गत बुधबार पनि फलोअपको निम्ति अस्पताल जानुभएको थियो ।
उहाँ छाती खराब भएपछि थप उपचारको निम्ति गत बैशाखमा एअर एम्बुलेन्समा नयाँ दिल्ली जानुभएको थियो । दुई साता लामो उपचारको क्रममा भएको ५५ लाखभन्दा बढी रकम राष्ट्रपति आफैँले तिर्ने जनाइए पनि गत असारमा नेपाल सरकारले उहाँको भारतमा गरिएको औषधोउपचारको सबै खर्च व्यहोरेको हो ।
टिप्पणीहरू