लुम्बिनीमा भारत-नेपालका पत्रकारको भेला
लुम्बिनी साँस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले लुम्बिनी विकास कोषले स्थानीय सरकारलाई भूमिका नदिएकै कारण सोचेजस्तो पर्यटन र लगानी प्रबर्धन गर्न नसकिएको बताएकी छन् ।
आजको छलफलमा पर्यटन ब्यवसायी समेत रहेका लुम्बिनी होटल संघका अध्यक्ष लीलामणी शर्माले बिहार र गुम्बालाई गेस्ट हाउसकोे रुपमा सन्चालन गरिनुु चिन्ताको विषय भएको बताए । लुम्बिनी पर्यटन परिषदको सदस्यसमेत रहेका शर्माले लुम्बिनी आउनेको बसाई लम्ब्याउने गरी स्थानीय स्तरमा पर्यटन सम्बद्ध थप कार्यक्रम गर्न स्थानीय पर्यटन ब्यवसायी तयार भएको बताए । प्यानल छलफलमा लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले तोकिएको समयमा लुम्बिनी गुरुयोजना पुरा गर्न नसकिएको प्रति दुःख ब्यक्त गरे ।
प्यानल छलफलमा सहभागी कान्तिपुर टेलिभिजनका सम्पादक रुपेश श्रेष्ठले २२ बर्ष अगाडि आउँदा लुम्बिनी जे देखेको अहिले पनि उस्तै रहेको र लुम्बिनीका सरोकारवालाबीच पर्यटन प्रबर्धनमा एकता र सहकार्य नभएकोमा चिन्ता ब्यक्त गरे ।
समता टिभीका सम्पादक नरेश के.सीले सहजिकरण गरेको उक्त कार्यक्रममा सिक्किम प्रेस क्लबका अध्यक्ष भरत राउत,इण्डिया प्रेस इन्स्टिच्युटका पूर्व सचिव तथा दैनिक सहाराका समाचार सम्पादक सन्जय सिंह,हिन्दुस्तान दैनिक लखनउ प्रमुख राजेश सिंह,भारतीय सरकारी सन्चार संस्था पिटिआईका उत्तर पूर्वी ब्यूूरो प्रमुख शिवप्रकाश गौर,जि न्यूजका प्रतिनिधि तथा महाराजगन्ज प्रेस क्लबका अध्यक्ष अमित त्रिपाठी,गोरखपुर प्रेस क्लबका पूर्व अध्यक्ष मार्कण्डेयलगायत ४२ जना भारतीय सम्पादक तथा पत्रकारहरुको सहभागिता थियो । उक्त कार्यक्रममा लुम्बिनी र कपिलवस्तुवारे बेलाबखत प्रकाशन गरिने तथ्यबिहिन समाचारको पछि नलाग्न आग्रह गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारका मुुख्यमन्त्री चेतनारयण आचार्यले उद्घाटन गरेको न्युज फेस्टिभलको प्यानल छलफलमा सहभागीका रुपमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुुईटेल,अन्नपूर्ण पोस्टका प्रधान सम्पादक अखण्ड भन्डारी,प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार आचार्य,नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेल,केन्द्रीय सदस्य रामराज पोखरेल,प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई,वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाई लगायतको उल्लेख्य उपस्थिति रहेको छ ।



टिप्पणीहरू