सरकारले राष्ट्रियतामा शिर निहुराएको एमाले अध्यक्षको आरोप
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराएको दाबी गर्नुभएको छ । पार्टीको महाकाली–मेची अभियानअन्तर्गत पोखरामा आयोजित कार्यक्रममा बोल्दै उहाँले वर्तमान सत्ता गठबन्धन आफ्नो दलको विरोधमा रहेको पनि उल्लेख गर्नुभयो ।
विकास निर्माण र जनताप्रति सरकारले कुनै सरोकार नदेखाएको बताउँदै उहाँले राष्ट्रियताको पक्षमा पनि शिर निहुराएको उहाँको आरोप छ । एमालेबाहेक अरुले मुलुक बनाउन नसक्ने जिकीर गर्दै एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘मुलकको पछिल्लो अवस्थालाई तोड्न एमालेले मिसन ०८४ अघि सारेको छ । मिसन ०८४ समृद्ध नेपाल सुखी नेपाल बनाउन र एमालेको एकल बहुमत र देशको अहिलेको दयनीय अवस्थालाई रोकेर अघि फर्काउन हो ।’
उहाँले नेकपा एमाले एउटा साधारण प्रतिपक्ष नभएको र इतिहास रचना गरेर आएकाले इतिहास बनाउने काममा संघर्षका मैदानबाट खारिएर आएको मजबुत पार्टी भएको उल्लेख गर्नुभयो । ‘देशको सबैभन्दा बढी लोकप्रिय पार्टी हो । त्यसकारण यो पार्टीले प्रतपक्षमा हुँदा पनि आफ्नो भूमिका खेल्छ,’ उहाँको भनाई छ ।
टिप्पणीहरू