एमाले अध्यक्षमाथि ‘जँड्याहा’ ले झम्टिएको दाबी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धनकुटामा आज एक व्यक्तिले हातपातको प्रयास गरेका छन् । महाकाली–मेची (मध्यपहाडी) संकल्प यात्राका क्रममा भोजपुरबाट धनकुटाको लेगुवा पुग्दा उहाँमाथि एक युवाले हातपातको प्रयास गरेको भनिए पनि ती युवाले ‘फिजिकल्ली टच’ नगरेको अभियानमा सामेल एक जना एमाले नेताले बताए ।
ती युवा धनकुटा उपमहानगरपालिका ५ का महेश राई भएको प्रहरीले जनाएको छ । फूलमालाले स्वागत गर्न राई पनि अरुझैँ लाइनमा थिए । उनले छुट्टै व्यवहार गर्न खोजेको आशंकामा तत्काल सुरक्षाकर्मी र एमाले नेता तथा कार्यकर्ताले च्याप्पै समातेको उनैले बताए ।
नियन्त्रणमा लिएपछि एमाले कार्यकर्ताहरुले महेशलाई कुटपिट गरेको र प्रहरीले राईमाथि अनुसन्धान थालेको बताइएको छ । यसैबीच एमाले टोलीको स्वागतका लागि लाइनमा उभिएका ती व्यक्तिले ताकेर मुक्का हानेको भिडियो पनि सार्वजनिक भएको छ ।
टिप्पणीहरू