विद्यार्थीलाई सीप सिकाउन चाहने संघसंस्था सूचीकृत हुनैपर्ने

विद्यार्थीलाई सीप सिकाउन चाहने संघसंस्था सूचीकृत हुनैपर्ने

काठमाडौं महानगरपालिकाले ‘पुस्तकरहित शुक्रबार कार्यक्रम’ अन्तर्गत व्यवहारिक र प्रयोगात्मक कक्षा सञ्चालन गर्न इच्छुक संघसंस्थालाई सूचीकृत हुन आह्वान गरेको छ । कक्षा १ देखि ८ सम्मका विद्यार्थीलाई सीप सिकाउन चाहने संघसंस्थालाई सामुदायिक विद्यालयमा सूचीकृत हुन महानगरले आग्रह गरेको हो । 

महानगरको शिक्षा विभागले इच्छुक संघसंस्थालाई पुस ११ गतेभित्र सूचीकृत गरिसक्न सुसूचित गराएको छ । विभागले कक्षा ९ र १० का विद्यार्थीका लागि ‘शिक्षामा सीप’ तालिम कार्यक्रम सञ्चालन गरिरहेको छ । 

विद्यालयहरुले तालिम प्रदायक संघसंस्थाहरुलाई सूचीकृत गरेर विद्यार्थीहरुलाई सीप सिकाइरहेका छन् । यसका लागि महानगरले छुट्टै बजेटको व्यवस्था गरेको छ । महानगरले पठाएको बजेटले विद्यालयहरुले कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

टिप्पणीहरू