१६ लाखको बिटोसहित हुण्डी कारोबारी राजश्व अनुसन्धानको जिम्मामा

१६ लाखको बिटोसहित हुण्डी कारोबारी राजश्व अनुसन्धानको जिम्मामा
सुन्नुहोस्

बिराटनगरमा एक जना हुण्डी कारोबारी पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलले उनको साथबाट १६ लाखभन्दा बढी नेपाली रुपैयाँ पनि बरामद भएको जनाएको छ ।

सीमा सुरक्षा गुल्म, रानीबाट खटिएको सशस्त्रको गस्ती टोलीले विराटनगर–७ प्रशासन रोडबाट ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई उक्त रकमसहित पक्रेको हो । उनको साथबाट स्रोत नखुलेको १६ लाख १० हजार नेपाली रुपैयाँ बरामद भएको जनाइएको छ ।

सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कर्णजितले को. १९ प ४४३४ नम्बरको मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

साहको साथबाट एक हजार दरका ८८५, पाँच सय दरका १६९, एक सय दरका ९००, ५० दरका पाँच, २० दरका १२ र १० दरको एक थान नोट बरामद भएको छ । हुण्डी कारोबारमा संग्लन रहेको आशंका गरिएका साहलाई बरामद रकमसहित राजश्व अनुसन्धान कार्यालय इटहरीको जिम्मा लगाइएको छ ।

टिप्पणीहरू