एमालेले सत्ता गठबन्धनसङ्ग ६ सीट मागेपछि.........

एमालेले सत्ता गठबन्धनसङ्ग ६ सीट मागेपछि.........
सुन्नुहोस्

एमालेलाई पनि राष्ट्रिय सभा निर्वाचनमा सिट छुट्याउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावलाई सत्ता गठबन्धनका दलहरुले अस्वीकार गरेका छन् । 

आज बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन एमालेबाट लिखित प्रतिवध्दता नआएसम्म सीट भागबण्डामा सामेल गराउन नसकिने निष्कर्ष निकालेको हो ।

बैठकको प्रारम्भमै प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस,माओवादी केन्द्र,एकीकृत समाजवादी र जसपाबीचको एकतालाई कमजोर बनाउने गरी कुनैपनि निर्णय नगर्ने प्रष्ट पार्दै एमालेको प्रस्ताव सुनाउनु भएको थियो । एमाले अध्यक्ष ओलीले ६ सिट मागेको बताउँदै उहाँले त्यसबारे जे निर्णय गरे पनि चार दलमा समान धारणा हुनुपर्ने भनाई राखेपछि एकीकृत समाजवादी र जसपाका नेताहरुले विश्वासको आधार खोजेका थिए।   

'यसअघि तीनवटा संसदीय समितिको सभापति दिए टिआरसीमा सघाउने कुरा थियो । त्यसअनुसार एमालेले पायो पनि । तर,किन त्यसअनुसार भएन?', बैठकका कुरा सुनाउँदै सहभागी एक नेताले भने, 'अहिले फेरि राष्ट्रिय सभामा ६ सिट माग्ने,अलि दिनपछि अध्यक्ष पनि माग्ने । यो काम छैन र सम्भव पनि हुँदैन ।'

'यसअघि तीनवटा संसदीय समितिको सभापति दिए टिआरसीमा सघाउने कुरा थियो । त्यसअनुसार एमालेले पायो पनि । तर,किन त्यसअनुसार भएन?',

राष्ट्रिय सभामा सिट नपाएकै कारण एमालेले टिआरसी बिल पास नगर्ने अडान लिए त्यसको मिलेर सामना गर्नुपर्ने नेताहरुले बैठकमा प्रष्ट धारणा राखेका थिए । यसैका कारण भोलि हामी शान्ति प्रक्रिया पनि स्वीकार्दैनौं, संघीय लोकतान्त्रिक गणतन्त्र पनि मान्दैनौँ भनेर एमालेले अडान लिए के गर्ने भन्ने कोणबाट पनि बैठकमा कुरा उठेको थियो । 

अन्तिममा नेताहरुले चार दलबीचको एकता कायम राख्दै टिआरसी टुंग्याउन एमालेले लिखित प्रतिवद्धता जनाए थप छलफल गर्न सकिने समझदारी गरेर उठेका छन् । 'चार दलको एकतालाई भाँजो हाल्ने गरी कुनै पनि निर्णय नगर्ने भन्ने कुरा भयो',ती नेताले भने । 

टिआरसी पास गर्न एमाले साँच्चै इमान्दार हो भने आजै कानुन समितिको बैठक राखेर निर्णय गराउन पनि नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका छन् ।

टिप्पणीहरू