सांसद छान्ने जिम्मा माधव नेपाललगायत तीन नेतालाई
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभाको आगामी निर्वाचनको निम्ति उम्मेदवार छान्ने जिम्मा पार्टीका तीन जना नेतालाई दिएको छ ।
अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र पार्टी महासचिव घनश्याम भुसाललाई उम्मेदवार छान्ने जिम्मा आज बसेको पार्टी सचिवालय बैठकले दिएको हो ।
तर राष्ट्रिय सभाको निर्वाचनमा पार्टीले गठबन्धनमा सामेल दलहरुबाट प्राप्त गर्ने सिट संख्याको यकिन भएको छैन । प्राप्त हुने सिट, प्रदेश र क्लस्टरबारे निर्णय नभइसकेकाले तीन जना नेतालाई उम्मेदवार छान्ने अधिकार दिइएको हो ।
टिप्पणीहरू