ताप्लेजुङमा भालु आतंक
सुदूरपूर्वको हिमाली जिल्ला ताप्लेजुङमा भालु आतङ्क फैलिएको छ। डेढ महिना अघि पाथीभरा याङवरक–२ थेचम्बूमा बस्तीभित्र पसेको भालुले एक महिलालाई घाइते बनाएको थियो।
अहिले फुङ्लिङ नगरपालिका–९ हाङ्देवामा भालुको आक्रमणबाट बाख्रा मरेका छन्। हाङ्देवा पहिरो क्षेत्रमा हुर्किएको उतिसको वन र अलैँचीबारी भालु लुक्न तथा बस्न अनुकूल भएकाले सो क्षेत्रमा भालुको आतङ्क बढेको स्थानीयको अनुमान छ।
हाङ्देवामा भालुले पाँचवटा बाख्रा मारिसकेको वडाध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । वन कार्यालय, सुरक्षा निकाय तथा जनप्रतिनिधिको संयुक्त अनुगमनपछि ती बाख्रा भालुकै कारण मरेको निष्कर्ष निकालिएको छ। भालुलाई नियन्त्रणमा लिन खोरसमेत राखिएको छ तर सफल हुन नसकेको बताइयो ।
यसअघि पनि सोही क्षेत्रमा रहेको जिल्ला अस्पताल परिसरभित्र भालु छिरेपछि कोठामा थुनेर विशेषज्ञ टोलीको सहयोगमा समातिएको थियो । बेहोस बनाएर खोरमा राखेपछि पुनर्वासका लागि जंगलमा छाडिएको थियो ।
टिप्पणीहरू