पाँचौं पुनर्गठनमा पूर्व जर्नेललाई परराष्ट्र

पाँचौं पुनर्गठनमा पूर्व जर्नेललाई परराष्ट्र

परराष्ट्रमन्त्रीमा नियुक्त नेपाली सेनाका पूर्वरथी (जर्नेल) बालानन्द शर्मालाई आज दिउँसो साढे २ बजे शपथ खुवाउन लागिएको छ । शर्मा यसअघि माओवादी सेना समायोजन विशेष समिति सचिवालयका संयोजक थिए। तत्कालीन केपी शर्मा ओलीको सरकारमा कोभिड–१९ निर्देशक समितिअन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखको जिम्मेवारी पनि सम्हाले । 

प्रधानमन्त्री सुशीला कार्कीले अब आफैंले सम्हाल्दै आएका मन्त्रालयमध्ये शर्मालाई परराष्ट्रको जिम्मा दिएपछि रक्षा र खानेपानी मन्त्रालयको जिम्मेवारी बाँकी छ । पछिल्लो एक सय दिनमा कार्की सरकारको पाँचौं पुनर्गठन हो ।

टिप्पणीहरू