सुधन गुरुङ आज फेरि छिरे आयोग

सुधन गुरुङ आज फेरि छिरे आयोग

जेन जी अगुवा भनिएका हामी नेपालका सुधन गुरुङ फेरि राष्ट्रिय मानव अधिकार आयोग पुगेका छन् । उनी आज दिउँसो साढे १ बजे पुलचोकस्थित आयोग कार्यालय छिरेका हुन् ।

यसअघि अस्ति बुधबार र मंगलबार पनि गुरुङ त्यहाँ गएका थिए । मंगलबार दिउँसो २ बजे नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजू राणा आयोगमा पुगेको बखत गुरुङ त्यहाँ झुल्किएको स्रोतको दावी छ । उनी त्यो दिन त्यहाँ पुग्नुको प्रयोजन खुलेको छैन । 

बुधबार दिउँसो जेनजी अगुवा भनिएकाहरु पुरुषोत्तम यादव र खेमराज साउद बयानका लागि आयोग पुगेका थिए । भदौ २३ गते माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्ने शर्तमा जिल्ला प्रशासनबाट अनुमति लिएका भनिएका उनीहरूसँग आयोगले दिउँसो छुट्टाछुट्टै सोधपुछ गरेको थियो । त्यतिबेला पनि ३७ वर्षे जेन जी अगुवा गुरुङ आयोगको कार्यालयमा देखा परेका थिए ।

टिप्पणीहरू