मोहनविक्रमकी श्रीमती दुर्गालाई सांसद बनाउन सत्तारुढ गठबन्धन सहमत

मोहनविक्रमकी श्रीमती दुर्गालाई सांसद बनाउन सत्तारुढ गठबन्धन सहमत

राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रिय सभा सदस्यमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई सिफारिस गर्न सत्ता गठबन्धनका दलहरुले सहमति जनाएका छन् ।
 

आज बिहान बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले उनलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको हो । राष्ट्रपतिबाट मनोनीत एकसहित राष्ट्रियसभा २० सदस्यको पदावधि फागुन २० मा सकिँदैछ ।  

नेकपा मसालका महासचिव मोहनविक्रम सिंहकी पत्नीसमेत रहेकी पौडेल गत निर्वाचनमा प्युठानबाट प्रतिनिधिसभा सदस्यमा पराजित भएकी हुन् । गठबन्धनको साझा उम्मेदवार रहेकी उनलाई एमालेका सूर्य थापाले हराएका थिए ।
 

टिप्पणीहरू