नियमित पानी नआउने मेलम्चीको पाँचौं पटक उद्घाटन

नियमित पानी नआउने मेलम्चीको पाँचौं पटक उद्घाटन
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौंमा मेलम्चीको पानी वितरणको उद्घाटन गर्नुभएको छ । आज बिहान सिंहदरबारमा आयोजित पानी पथान्तरण पुनर्वितरण शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । 

यसअघि यस्तै कार्यक्रम चार पटक भइसकेको छ । २०७७ फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, सोही वर्षको चैतमा राष्ट्रपति विद्यादेवी भण्डारी, २०७९ वैशाखमा खानेपानीमन्त्री उमाकान्त चौधरी, मंसिरमा पनि उनै मन्त्री र आज प्रधानमन्त्री दाहालले पानी पथान्तरन्तरण कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

 

गत असारमा मेलम्ची नदीमा आएको बाढीपछि राजधानीमा मेलम्ची परियोजनाको पानी वितरण कार्य बन्द भएको हो । बाढीले मुहानमा गेग्रान थुपारेको थियो ।
 

टिप्पणीहरू