राष्ट्रपतिको निम्तो मान्न शीतल निवास पुगे शीर्ष नेता, संविधान कार्यान्वयनबारे छलफल
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन प्रमुख दलका शीर्ष नेताहरुलाई आग्रह गर्नुभएको छ ।
माघीको अवसरमा उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्षसहित दलका नेतालाई शीतल निवासमा बोलाएर उहाँले संविधान कार्यान्वयन नहुँदा जनतामा निराशा बढेकाले गम्भीर बन्न आग्रह गर्नुभएको हो । ‘जनतामा देखिएको निराशा अरु कारणले होइन, संविधान कार्यान्वयन नभएर हो । संविधान कार्यान्वयन गर्न छिटो कानून बनाएर जनताको निराशालाई आशामा परिणत गरौं’, राष्ट्रपति पौडेलले भन्नुभयो ।
कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सना, पूर्वप्रधानमन्त्रीद्वय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको उपस्थिति थियो ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत पनि शीतल निवास पुगेका थिए ।
टिप्पणीहरू