अलिनो बसेर युवराज्ञीकै हैसियतमा पूजा अर्चना

अलिनो बसेर युवराज्ञीकै हैसियतमा पूजा अर्चना
सुन्नुहोस्

बनेपा, काभ्रे / काभ्रेपलाञ्चोक जिल्लाका चर्चित दुई मन्दिर धनेश्वर र चण्डेश्वरी मन्दिरमा घन्टौ पुजा गरेकी पुर्व युवराज्ञी हिमानी शाहले धनेश्वर मन्दिर रहेको एक विद्यालयमा कार्यकारी युवराज्ञी अर्थात राजतन्त्रकै पालाको मानपद्वीमा हिमानी ट्रष्ट मार्फत सामाग्री हस्तान्तरण गरेकी छिन् । 

 ‘श्री ५ युवराज्ञी हिमानी लक्ष्मी देवी शाह’सरकारलाई काभ्रेपलाञ्चोक जिल्लामा स्वागत गर्दर्छाै । शाही युवा शक्ति नेपालले लेख्यो । ‘धनेश्वर महादेव आधारभुत विद्यालयको ब्यानरमा पनि त्यहि लेखियो । शैक्षिक सामाग्री वितरण तथा अवलोकन कार्यक्रममा सवारी होई बक्सेकोमा मौसुफ सरकारमा हामी विद्यालय परिवार हार्दिक स्वागत गर्दर्छाै ।’

राजतन्त्रकै झझल्को दिने गरी बनेपामा पुर्व युवराज्ञी हिमानी शाहलाई स्थानीयहरुले स्वागत गरे । कुनै राजनीतिक दलको नाम थिएन तर सबै राजाबादी निकट भनिएका संस्थाहरु सक्रिय थिए । विद्यालयलाई प्रयोग गरिएको थियो । विद्यालयका शिक्षकहरु हस्याङ्ग फस्याङ्ग गरिरहेका थिए । हिमानी ट्रष्टबाट आएका केहि थान बल र कापीहरु लिएर उनिहरु हिमानी शाहलाई पुर्व भन्दा पनि वर्तमान युवराज्ञीकै शैलीमा स्वागत गरिरहेका थिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अनिरुद्र थापाले हिमानी ट्रष्टका तर्फबाट केहि समाजसेवीहरुलाई सम्मान गरिएको बताए । 

धनेश्वर र चण्डेश्वरीमा दर्शन गर्न आउँदा हिमानीले नुन खाएकी थिईनन् । राजपरिवारका सदस्यहरुले पहिलो पटक बनेपाका दुई मन्दिरमा घन्टौ समय दिएर पुजामा सहभागि भएका थिए । बरु लोकमान सिं कार्की अख्तियारको प्रमुख भएका बखत तामझामका साथ धनेश्वरमा पुजा लगाएका थिए । हिमानी शाह आउँदा स्थानीय युवाहरुका नाममा जम्मा भएको समुहले उनलाई स्वागत गरेको थियो । उपत्यकासँग जोडिएको साँगाबाट बनेपाको धनेश्वरसम्म मोटरसाईकल ¥याली सहित हिमानी समर्थक युवाहरुले स्वागत गरेका थिए ।

धनेश्वर आधारभुत विद्यालयमा ट्रष्टको कार्यक्रम आयोजना गरिएको कार्यक्रम मुल समारोह समितिका संयोजक रोशन श्रेष्ठको संयोजकत्वमा गठित समितिले साँगाबाट धनेश्वरसम्म स्वागतका साथै धनेश्वर आधारभुत विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको थियो । ‘हिमानी ट्रष्ट मार्फत धनेश्वर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री उपलब्ध गराईएको छ’–संयोजक रोशन श्रेष्ठले भने–‘धनेश्वरको दर्शनसँगै हिमानी शाह बनेपाको ऐतिहासिक चण्डेश्वरी मन्दिरमा पुजा भएको छ ।’

बन्द भएको विद्यालय पुनः संचालनमा ल्याई एक सय भन्दा धेरै विद्यार्थीहरुलाई नीजि विद्यालयको सरह गुणस्तरीय शिक्षा प्रदान गरेको धनेश्वर विद्यालयमा हिमानी शाहले गरेको सहयोगले स्थानीय समुदायलाई समेत विद्यालय प्रति विश्वास बढाउने अध्यक्ष अनिरुद्र थापाले बताए । धनेश्वर मन्दिरको दर्शन, धनेश्वर विद्यालयमा शैक्षिक सामाग्री वितरण पछि हिमानी शाह चण्डेश्वरी पुगेकी हुन् । चण्डेश्वरीको दर्शनसँगै बनेपाका नेपाल सुधार भैलले ब्यक्तिगत लगानीमा निर्माण गरेको नारायणको प्रतिमा उद्घाटन गरिएको छ । बनेपाका समाजसेवी तथा युवा राजनीतिज्ञ उदय सिं मुस्याजुले हिमानी शाहको स्वागतका लागि बनेपा तथा आसपासका युवाहरु सहभागि भएको बताए । सोहि अवसरमा रामगोपाल शेर्पा, उद्धव तिमल्सिना लगायतले विभिन्न संघ संस्थाका तर्फबाट पुर्व युवराज्ञी हिमानी शाहलाई धन्यवाद दिएका थिए । 

जिल्लाका युवाहरुसँग साक्षात्कार सहित जिल्लाका विभिन्न बस्तु स्थितीका बारेमा हिमानी शाहलाई जानकारी गराईएको र उहाँले जिज्ञासा लिएको युवा समाजसेवी मुस्याजुले बताए । धनेश्वरको कार्यक्रम लगत्तै हिमानी शाहलाई राजपरिवार बस्दै आएको जिल्लाको पहिलो रिसोर्ट धुलिखेलको हिमालयन होराईजनमा आतिथ्यता सहितको आराम गराईएको थियो । केहि समयको विश्राम पछि हिमानी शाह बनेपाको चण्डेश्वरी मन्दिर पुगेकी थिईन । राजपरिवारका सदस्यहरु आउँदा उनी भने त्यो होटलमा पहिलो पटक आएको बताउँदै थिईन् । लामो समयसम्म नुन नखाँदा पनि आफुलाई सहज भएको बताउँदै थिईन् । चण्डेश्वरीमा उनका खुट्टामा आमाहरु पसारो परेका थिए । 

–मोतीराम तिमल्सिना

टिप्पणीहरू