रवि लामिछानेको कटाक्ष -‘गाली गर्न कोही छुट्नु भो कि ? छुट्नु भएको भए गरिहालौं है'

रवि लामिछानेको कटाक्ष -‘गाली गर्न कोही छुट्नु भो कि ? छुट्नु भएको भए गरिहालौं है'
सुन्नुहोस्

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गर्ने भएका छन् । 

ग्यालेक्सी टेलिभिजन सञ्चालनका क्रममा विभिन्न सहकारीको रकम दुरुपयोग गरेको आरोप लागेका उनले त्यसबारे आफ्ना धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको तयारी गरेका हुन् । भ्याएसम्म आज साँझ पत्रकार सम्मेलन गर्ने लामिछानेले बताएका छन् । 

‘बाँकी भ्याएसम्म आज साँझ प्रेस मिटको तयारी गर्दैछु । सारा प्रश्नहरु एकत्रित पार्दै गर्नुहोला,कसैको कुनै प्रश्न नछुटोस् । त्यसैबाट सबै स्पष्ट पार्ने नै छु,’ उनले फेसबुकमा लेखेका छन् । 

आफूमाथि लागेका आरोपको खण्डन नगरी मिडियामाथि उल्टै लान्छना लगाउने गरेका लामिछानेले व्यंग्य गर्दै अगाडि लेखेका छन्, ‘गाली गर्न कोही छुट्नु भो कि ? छुट्नु भएको भए गरिहालौं है । मलाई केही कुरा लुकाउनु छैन । पहिलेदेखि जे भन्दै आएँ,त्यसैमा अडिग छु । मिडियामा निरन्तर आइरहेका ‘स्लिप’ मा कोही ‘स्लिप’ हुनै पर्दैन ।’
 

टिप्पणीहरू