रवि लामिछानेविरुद्ध संसद सचिवालय र संसदीय समितिमा उजुरी

रवि लामिछानेविरुद्ध संसद सचिवालय र संसदीय समितिमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध संघीय संसद सचिवालय र राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । 

ग्यालेक्सी टेलिभिजन सञ्चालनका क्रममा विभिन्न सहकारी संस्थाको रकम दुरुपयोग गरेको आरोप लागेका लामिछानेमाथि छानबिनको माग गर्दै सिन्धुलीका युवराज सफलले आज उजुरी दर्ता गराएका छन् ।

 

सफलले ३५ हजार बचतकर्ताको करिब ५२ करोड रुपैयाँ घोटाला प्रकरणमा लामिछानेको संलग्नता के कसरी भएको हो ? सोको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न उजुरीमा माग गरेका छन् ।

लामिछानेको खातामा सहकारीबाट एक करोड ८० लाख रुपैयाँ डिपोजिट भएको तथा गोरखा मिडिया नेटवर्कको सेयर खरिदबिक्रीको कागज समेत सार्वजनिक भएकाले तत्काल संसदीय छानबिन समिति गठन गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिनुपर्ने सफलको माग छ ।

 

यसअघि गत बुधबार पनि सफलले लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी हालेका थिए ।

टिप्पणीहरू