केन्द्रीय विद्यालयमा भर्ना गराइदिने आश्वासनमा ठगी

केन्द्रीय विद्यालयमा भर्ना गराइदिने आश्वासनमा ठगी
सुन्नुहोस्

केन्द्रीय विद्यालयमा भर्ना गराइदिने प्रलोभनमा ठग्दै हिँडेका एकजना पक्राउ परेका छन् । काठमाडौंको बूढानीलकण्ठ नजिकै बस्दै आएका सप्तरीका ४० वर्षीय श्रीकान्त राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनले केन्द्रीय विद्यालयमा पढाउने व्यवस्था मिलाइदिने भनी अभिभावहरुसँग दुई लाख रुपैयाँ ठगेका थिए । प्रहरीका अनुसार राउतले विभिन्न राजनीतिक दलका नेतासँगै देश–विदेशी शक्ति केन्द्रसँग आफ्नो नजिकको सम्बन्ध रहेको बताउँदै सर्वसाधारण ठगेको देखिन आएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू