दाइ अर्को ललिता निवास काण्ड मच्चाउने,भाइ समातिने

दाइ अर्को ललिता निवास काण्ड मच्चाउने,भाइ समातिने

नेपाली कांग्रेसका सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरीले बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको घटनामा उनका भाइ अरुण चौधरीलाई पक्राउ गर्ने तयारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोली अरुणलाई समात्न घरै पुगेको बताइएको छ । 

३७ वर्षअघि दाजु विनोदले हडपेको उक्त जग्गामा आफ्नो स्वामित्व नै  नभएका अरुणलाई पक्राउ गर्न खोजिएपछि यसमा राजनीतिक चलखेलको आशंका गरिएको छ । सो जग्गाको सम्पूर्ण स्वामित्व ८ वर्षअघि नै विनोदले आफ्नो एकल बनाइसकेका थिए । 

देश छोडेर हप्तैपिच्छे विदेश जाने विनोदलाई समात्न छोडेर उनका कान्छा भाइ अरुणलाई पक्रन खोज्नुले घटना सामसुम पार्ने प्रयास हुनसक्ने आशंका पनि गरिएको छ । 

चौधरीले राजदरबारका सदस्यसँगको हिमचिमलाई प्रयोग गरेर बाँसबारीको उक्त जग्गा हात पारेको र अहिले सोही जग्गामा सिजी चाँदबाग रेसिडेन्सी प्रालि हुँदै आफू अध्यक्ष रहेको चौधरी ग्रुप (सिजी) द्वारा चाँदबाग स्कूल चलाएका छन् ।

यो पनि...

1. ललिता निवासभन्दा ठूलो अपराधमा विनोद चौधरी सँलग्न


 

टिप्पणीहरू