फ्रान्सेली गिल डाली सहरमा ‘जरा’ सहितको जीवन जिउँदै

फ्रान्सेली गिल डाली सहरमा ‘जरा’ सहितको जीवन जिउँदै तस्बिर : झाओ जियाउन
सुन्नुहोस्

सन् २००५ सालमा फ्रान्सेली गिल चीन आएर बेइजिङमा ४ वर्ष अनि छेङदुमा ५ वर्ष बसे । २०१४ मा उनी युन्नानको डाली सहरको फानचु गाउँमा आएर एउटा निजी रेस्टुरेन्ट खोले । फानचु गाउँ बाई जातिको एक अतिसुन्दर प्राचीन गाउँ हो ।  गिलले बाईहरूको पुराना घर भाडामा लिएका छन्, जुन लगभग १०० वर्षको इतिहासको छ र घरबाहिर तरकारी खेती गर्न छ–सात सय वर्ग किलोमिटरको जमिन छ ।  

जब मौसम राम्रो हुन्छ, गिल बिहानको शान्त समयमा केही चिया पिउँछन्, केही खाना खान्छन्, किताब पढ्छन् र कहिलेकहीँ केही लेख्छन् । त्यसपछि उनी पिठ्युँमा टोकरी बोकेर तरकारी किन्न बजारमा जान्छन्, चिनियाँमा पसलेहरूसँग मोलतोल गर्छन् । गिलको निजी रेस्टुरेन्टमा मेनु छैन, अतिथिहरूले अग्रिम बुक गर्न आवश्यक छ । गिलले आफ्नो मुड अनुसार अतिथिहरूलाई सत्कार गर्छन्, सामान्यतया हप्तामा २ पटकभन्दा बढी छैन, प्रत्येक पटक कम्तीमा ८ जना छन् । अपरिचित अतिथिहरू पनि सँगै बस्नुपर्छ, यसैले एक–अर्कालाई चिन्न पाउँछन् । गिल पनि तिनीहरूसँग गफ गर्छन् ।  

गिलको घरमा डिनर गर्ने अधिकांश पर्यटकहरू, कलाकारहरू वा शिल्पकारहरू हुन्, जो डालीमा बसाइँ सरेका छन् । स्थानीयहरू पनि उनका अतिथि हुन् । तरकारी किन्ने र पकाउने क्रममा उनले धेरै स्थानीय साथीहरूलाई चिनेका छन् । उनका धेरै साथी बाई हुन्, जो प्रायजसो ५० वर्ष काटेका किसानहरू, गाउँका शिक्षहरू हुन् । तिनीहरू एक–अर्कालाई भेट्न जान्छन्, बाई मानिसको भुटेको चिया पिउँछन्, चाडपर्वमा सँगै खान्छन् ।

गिलले फानचु गाउँमा अपनत्वको भावना पाए । उनले भने, ‘म संसारका धेरै ठूला सहरहरू गएको छु, तर मलाई सधैँ लाग्छ कि यी ठाउँहरू चौबाटो जस्तै हुन्, मानिसहरू आउँछन् र जान्छन्, कुनै जरा(मूल) छैनन् । फानचु गाउँ एक शान्त टापु हो, जहाँ तपाईँ यस्तो जीवन बिताउन सक्नुहुन्छ जुन भूमिसँग सम्बन्धित छ र जरा पनि छ ।’ 

गिलको विचारमा फ्रान्सेली जस्तै चिनियाँहरूको खानासित गहिरो सम्बन्ध छ । यो सम्बन्ध भूमिप्रति मानिसहरूको अपनत्वको भावनामा आधारित छ । मानिसहरू खाना जस्तै जहाँ गए पनि आफ्ना छापहरू लिएर जाने छन् ।  

(पाइक–खाद्य )

 

टिप्पणीहरू