खुनमिङ र पोखराले हातेमालोमार्फत 'गतिशील र स्थिर' सहकार्य गरुन्

२०१३ सालको जुलाई ८ तारिख, युन्नान प्रान्तको खुनमिङ सहर र नेपालको पोखराबीच औपचारिक रूपमा भगिनी सम्बन्ध स्थापना भएको थियो । त्यसयता दुवै पक्षले खेलकुद, संस्कृति, पर्यटन, स्वास्थ्य, शिक्षा  र अन्य क्षेत्रमा फलदायी र व्यावहारिक सहकार्य गर्दै आएका छन् । आज दुवैले संयुक्त रूपमा ‘गतिशील र स्थिर’ आदानप्रदान र सहकार्यमा हिमालयपार मित्रताको नयाँ अध्याय लेखेका छन् । 

प्राचीनकालमा युन्नान चिया ‘चिया–घोडा मार्ग’ हुँदै नेपाल भित्रिने गर्दथ्यो । यो व्यापार गार्गले पहाड र नदी पार गरी सामान र मित्रता नेपालमा ल्याएको थियो । हाल हिमाल र तालहरू भएका यी दुवै सहरले पर्वतीय खेलको माध्यमबाट लोकप्रिय आदानप्रदान गरिरहेका छन् ।

सन् २०१३ देखि २०१८ सम्म ‘खुनमिङ पाल्की हिमाल आरोहण दिवस’, ‘खुनमिङ इन्टरनेसनल प्लेटो हाफ म्याराथन’ र ‘खुनमिङ पाल्की हिमाल क्रस कन्ट्री च्यालेन्ज’ जस्ता पठार खेलकुद प्रतियोगिताले पोखराबासीलाई सक्रिय सहभागी हुन आकर्षित गरेको थियो ।  नेपाली खेलाडीहरू युन्नानको पठार र हिमालमा रेकर्ड तोडेर आफ्ना शरीरको सीमालाई चुनौती दिँदा दुई सहरका जनताको मन अझै नजिक हुन पुग्यो ।  

खेलकुद प्रतियोगिता सबै सहभागी हुने कुरा हो ।  सन् २०१९ को अक्टोबरमा पहिलो नेपाल (पोखरा) अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री रेस तथा पोखरा–खुनमिङ अन्तर्राष्ट्रिय मित्र सहर प्रतियोगिता पोखरामा सम्पन्न भएको थियो । खुनमिङका ४० भन्दा बढी खेलाडीहरू पोखराका पहाडी फाँटमा दौडधुप गरेका थिए भने पोखराका उत्साही गाउँलेले शानदार पहिरनमा सजिएर दुई देशको राष्ट्रिय झण्डा फहराउँदै खुनमिङ खेलाडीका लागि जयजयकार गर्दै फूलपात छरेर आशीर्वाद थापेर हौसला बढाएका थिए ।    

वर्षौंदेखि दुवै सहरले एक–अर्कालाई मद्दत गरेका छन् र एकैसाथ कठिनाइको सामना गरेका छन्  । २०१४ को नोभेम्बरमा खुनमिङले पोखरालाई दुई फायर ट्रक प्रदान गरेको थियो । २०१५ अप्रिलमा नेपालमा ८.१ स्केलको भूकम्प गएको थियो । खुनमिङ सहरले पहिलो समयमा आफ्नो चिन्ता र समवेदना पठायो । कोरोना भाइरस महामारीको समयमा खुनमिङले पोखरालाई धेरै पटक सहयोगको हात बढायो र पटक पटक स्वास्थ्य सामग्री हिमालपार गरेर पोखरामा पठायो ।    

थप सामग्री पढौँ 

खुनमिङ युन्नान प्रान्तको राजधानी हो, जुन युन्नानको मध्यभागमा अवस्थित छ । निम्न अक्षांशको पठारमा रहेकाले सबै मौसम वसन्तजस्तै ‘वसन्त सहर’को सुनामले प्रसिद्ध छ । खुनमिङमा डियान्ची ताल, याङजोङहाई ताल जस्ता पठारका ताजा पानी तालहरू र धेरै साना–ठूला नदीहरू छन् र २२ सय वर्षभन्दा बढी इतिहास छ ।

(युन्नान डेली) 

 

टिप्पणीहरू