होहल्लाबीच प्रधानमन्त्रीलाई विश्वासको मत, लगत्तै बैठक स्थगित

होहल्लाबीच प्रधानमन्त्रीलाई विश्वासको मत, लगत्तै बैठक स्थगित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत प्राप्त भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले प्रस्तुत गर्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावमा पक्षमा एक सय ५७ परेको छ ।

प्रधानमन्त्रीले पछिल्लो डेढ वर्षको बीचमा चौथो पटक विश्वासको मत लिनु भएको हो । उहाँलाई नेकपा माओवादी केन्द्रसहहत नेकपा एमाले, रास्वपा, एकीकृत समाजवादी र जसपाका १५७ सांसदले मत दिएका हुन् ।

 विपक्षमा शून्य मत परेको थियो भने एक सांसद तटस्थ बसेका थिए । 

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै काँग्रेसले आज पनि रोष्ट्रम घेरेको थियो । होहल्लाबीच सभामुख देवराज घिमिरेले संविधानको धारा १०० को उपधार २ अनुसार प्रधानमन्त्री प्रचण्डको विश्वासको मत सम्बन्धी प्रस्तावमा मतदान गराएर परिणाम घोषणा गर्नुभएको हो ।
 

टिप्पणीहरू