ओलीलाई बोलाउनुअघि जाँचबुझ आयोग र सरकारवीच छलफल
सरकार र भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगका प्रतिनिधिबीच पूर्व प्रधानमन्त्री केपी ओलीलाई बयानमा बोलाउनुअघि छलफल भएको छ । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो साढे १२ बजेदेखि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयानलगायतका विषयमा छलफल भएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा भएको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल,सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल,आयोगका संयोजक गौरीबहादुर कार्की,सदस्यद्वय विज्ञानराज शर्मा,विशेश्वरप्रसाद भण्डारीलगायत आधा दर्जनको उपस्थिति थियो ।
टिप्पणीहरू