राजधानीका बजारमा नक्कली र सक्कली नोट सरोबरी
काठमाडौंमा ठूलो परिमाणको नक्कली नोट फेला परेको छ । गोकर्णेश्वरबाट नक्कली एक हजार दरका नोटसहित आधा दर्जन व्यक्ति प्रहरी नियन्त्रणमा पुगेका छन् । स्थानीय अत्तरखेल चोकबाट गएराति झण्डै एक लाख बराबरको नक्कली नोटसहित उनीहरु समातिएका हुन् ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक घर भएका र हाल साँखु बस्ने ३२ वर्षीय दावा नोर्वु शेर्पा, ४४ वर्षीय पासाङ शेर्पा, ३२ वर्षीय प्रकाश गुरुङ, ४२ वर्षीया रेणुका भारती, ६५ वर्षीय गोकर्ण थापा र शंखरापुरका ४३ वर्षीय सुकबहादुर स्याङ्बो छन् ।
विशेष सूचनाका आधारमा प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको संयुक्त टोलीले गएराति उनीहरुलाई एक हजार दरको ९३ थान नक्कली नोटसहित नियन्त्रणमा लिइएको हो । भदौ २३ र २४ को प्रदर्शन र विध्वंशपछिको मौकामा नक्कली नोटको कारोबार ह्वात्तै बढेको छ ।
बजारमा पुगेका लाखौं नक्कली नोटबाट जोगिन सर्वसाधारणलाई हम्मे पर्ने अवस्था उत्पन्न भएको छ ।
टिप्पणीहरू