काठमाडौंबाट भागेका चाेर दाङमा फेला

काठमाडौंबाट भागेका चाेर दाङमा फेला

प्रहरीले चोरीको नगद र गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२, खुर्सीनिटार बस्ने २४ वर्षीय दुर्गाबहादुर केसीलाई दाङको तुलसीपुर उपमहानगरपालिका–६ बाट नियन्त्रणमा लिइएको हो । 

उनी गत पुस १२ गते वडा नम्बर–४, वालुवाटारस्थित स्र्टोर्म नेटवर्क प्रालिबाट ४८ लाख ७२ हजार ६२० र ईको भ्याली प्रालिबाट आठ लाख ५८ हजार ५४१ रुपैयाँ चोरी गरेर फरार भएका थिए । 

ईलाका प्रहरी कार्यालय, तुलसीपुरको समन्वयमा उनलाई आज समातिएको हो । उनको साथबाट ६५ लाख १७ हजार १४० रुपैयाँ, चाँदीजस्तो देखिने सेतो धातुको ब्रास्लेट १५ थान, सिक्का २८ थान, डेल कम्पनीको ल्यापटप एक थान बरामद भएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू