क्याबिनेट निर्णयको कन्तबिजोग,पर्यटकहरु क्रुध्द
माथिल्लो मुस्ताङ क्षेत्रको ट्रेकिङ् अनुमति शुल्कसम्बन्धी क्याबिनेट निर्णय कार्यान्वयन नभएको जनाउँदै तीन जना चिनियाँ पर्यटकले लिखित उजुर हालेका छन् । अघिल्लो साता नेपाल आएका ती पर्यटकले नोभेम्बर २० को निर्णयअनुसार शुल्कको सट्टा पुरानै चर्को शुल्क असुलेको उल्लेख गर्दै पर्यटन विभागमा उजुरी दिएका हुन् ।
चीनको सांघाइ,क्वाङ्शी र ग्वाङ्तोङ प्रान्तका क्रमशः चु चियानचुन,लिउ यिनिङ र लिआङ योंगसेङले सरकारले गत नोभेम्बर २० मा गरेको निर्णयमा माथिल्लो मुस्ताङ क्षेत्रको प्रवेश अनुमति शुल्क प्रतिदिन ५० अमेरिकी डलर कायम गरिएको भनेका छन् । तर डिसेम्बरको अन्तिम सातासम्म उक्त निर्णय कार्यान्वयन नभएपछि नयाँ शुल्कको आधारमा नेपाल घुम्न आएका पर्यटक मर्कामा परेको उनीहरुको जिकीर छ ।
उजुरीमा लेखिएको छ, ‘यसअघि प्रतिव्यक्ति ५०० अमेरिकी डलर लिइन्थ्यो । क्याबिनेट निर्णयबाट उक्त शुल्क प्रतिदिन ५० डलरमा झारियो । सोही निर्णयका आधारमा हामीले डिसेम्बर २२ बाट ७ दिने ट्रेकका लागि तयारी गर्यौं । प्रतिदिन ५० डलरअनुसार पाँच दिनका लागि २५० डलर मात्र तिर्नुपर्ने अनुमानमा यात्रा तालिका,बजेट तथा आवश्यक सामग्रीको व्यवस्था गरियो । तर, अन्तिम क्षणमा पाँच सय डलर तिर्नैपर्ने भनेर हैरान पारियो ।’
‘यसअघि प्रतिव्यक्ति ५०० अमेरिकी डलर लिइन्थ्यो । क्याबिनेट निर्णयबाट उक्त शुल्क प्रतिदिन ५० डलरमा झारियो । सोही निर्णयका आधारमा हामीले डिसेम्बर २२ बाट ७ दिने ट्रेकका लागि तयारी गर्यौं । प्रतिदिन ५० डलरअनुसार पाँच दिनका लागि २५० डलर मात्र तिर्नुपर्ने अनुमानमा यात्रा तालिका,बजेट तथा आवश्यक सामग्रीको व्यवस्था गरियो । तर, अन्तिम क्षणमा पाँच सय डलर तिर्नैपर्ने भनेर हैरान पारियो ।’
पर्यटकहरुले सरकारी निर्णय सार्वजनिक भइसकेपछि पनि महिनौंसम्म कार्यान्वयन नभएबाट विदेशी पर्यटकमाझ अन्योल र अविश्वासको अवस्था सिर्जना भएको छ । अर्कोतर्फ नेपाल सरकारको विश्वसनीयतामाथि नै कतिपयले प्रश्न उठाएका छन् ।
चिनियाँ पर्यटकहरूले नेपाल सरकारको पर्यटन नीति पारदर्शी र विश्वसनीय हुनुपर्नेमा जोड दिँदै क्याबिनेट निर्णय तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन् । ‘नेपाल सरकार,सरकारी निकायका कारण आफूहरूले तिर्नुपरेको अतिरिक्त शुल्कबारे स्पष्ट जवाफ दिइयोस्,’ उनीहरुको माग छ । उजुर हाल्ने तीनैजना र्यटक आफ्नो पूर्वनिर्धारित उडान तालिकाअनुसार आज दिउँसो स्वदेश फर्केका छन् ।
टिप्पणीहरू