समानुपातिककाे बन्दसूचीपछि पनि चुनावी एकता जारी
प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) र सहकारी पीडितहरुको संगठन ‘सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)’ का प्रतिनिधिबीच चुनावी एकता भएको छ । दुई पक्षबीच आजपाको चुनाव चिन्ह ‘मोबाइल’ लिएर आसन्न फागुन २१ गतेको निर्वाचनमा प्रतिस्पर्धा गर्नेलगायत पाँच बुँदे सहमति भएको हो ।
जसमा सहकारी पीडितहरुको बचत फिर्ता दिलाउनेलगायतका एजेण्डालाई संयुक्त चुनावी घोषणाको एजेण्डाको रुपमा राखेर प्रतिस्पर्धा गर्ने, महासंघको तर्फबाट प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरुको क्षेत्र, संख्या, समानुपातिक कलष्टर क्रम आपसी सहमतिमा तय गरिने, महासघं स्वतन्त्र संगठन रहनेलगायत रहेको छ ।
सहमति पत्रमा आजपाका अध्यक्ष साह, अभियानका अध्यक्ष कुशल खत्री र जनादेश पार्टी, नेपालका सभापति रमणकुमार शर्माले हस्ताक्षर गरेका छन् ।
टिप्पणीहरू