‘बा’ भन्दा दङ्ग, ‘आमा’ भन्दा आपत्ति

‘बा’ भन्दा दङ्ग, ‘आमा’ भन्दा आपत्ति

‘ए आमा, नमस्ते’ भन्नेलाई अष्टलक्ष्मीले मुखभरिको जवाफ दिँदा नमस्ते गर्नेहरू ट्वाँ परे !

एमालेको च्यासलस्थित कार्यालयमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई श्रद्धापूर्वक ‘आमा’ भनी अभिवादन गर्ने युवालाई उनले महिला भेलाको उद्घाटन सकिएलगत्तै गतहप्ता भनिन्, ‘आमा भन्ने होइन, कमरेड भन्नुपर्छ । पार्टी नै आमा–बाको भइसक्यो । अब त्यसरी हुँदैन ।’

जबकि, अध्यक्ष केपी ओली नै आफूलाई कसैले ‘कमरेड’ भनेमा टाढाको ठान्ने र ‘बा’ भनिदिँदा खुशी हुने स्वभावका हुनुहुन्छ । यस्तो हुँदा अहिले एमालेभित्र कम्युनिष्टहरूले संबोधनका निम्ति प्रयोग गर्ने ‘कमरेड’ शब्दको प्रयोग कम भएको छ । तर, गत शुक्रबार च्यासलमा पुग्दा अष्टलाई ‘आमा’ भन्नेहरूलाई उनले त्यस्तो नभन्न अनुरोध गरिन् । 

भेलामा उपस्थित अधिकांश महिलामध्ये विगतको स्थानीय निर्वाचनमा उपमेयर वा उपाध्यक्ष उठेर जितेका र हारेकाहरूको संख्या बढी थियो । एमालेले महिला केन्द्रित यस्ता प्रेरणाप्रद भेला गरिरहँदा आधी आकाशलाई उपभन्दा माथिल्लो दर्जामा लान किन कोशिश गरिन्न भन्ने प्रश्न उठिरहेकै छ । 
 

टिप्पणीहरू