विश्व बैंक मातहतको आइडिए बैठकका लागि उच्च अधिकारीहरू आउनेक्रम जारी

विश्व बैंक मातहतको आइडिए बैठकका लागि उच्च अधिकारीहरू आउनेक्रम जारी

इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसनको थर्ड आइडिए २१ बैठकमा पर्सिदेखि काठमाडौंमा हुन लागेको छ । शुक्रबारसम्म हुने बैठकमा भाग लिन विश्व बैंकका अधिकारीहरु काठमाडौं आउने क्रम शुरु भएको छ ।

आज बिहान टर्किस एअरलाइन्सको उडान नम्बर टिके ७२६ मा विश्व बैंकका उपाध्यक्ष अकिहिको निशिओ इस्तानबुल हुँदै काठमाडौं आइपुगेका छन् ।

त्यस्तै हिजो राति ११ बजे क्याथे प्यासिफिकको उडानमा हङकङबाट विश्व बैंकका वित्त तथा आर्थिक व्यवस्थापक जोन डास्मासिङ सलोङसहित दुई जनाको टोली काठमाडौं आइपुगेको बताइएको छ । 

इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन विश्व बैंकको एउटा अभिन्न अंग हो । यसले अति न्यून आय भएका मुलुकलाई सहयोग गर्दै आएको छ ।

टिप्पणीहरू