प्रचण्डले प्रधानमन्त्रीमा निरन्तरता पाउने दाबी

प्रचण्डले प्रधानमन्त्रीमा निरन्तरता पाउने दाबी
सुन्नुहोस्

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीले विश्वासको मत पाउने दाबी गरेका छन् । 

प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच मिलेर सरकार बनाउने सहमति भैसकेको स्थितिमा दाहालको यस्तो दाबी आएको हो । शुक्रबारसम्म राजनीतिक परिस्थिति फेरिने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत हाँसिल गर्ने उनले विश्वास व्यक्त गरे ।   

‘मलाई विश्वास छ- २८ गतेसम्म थोरै परिस्थिति फेरबदल आउँछ । र, प्रधानमन्त्रीकै निरन्तरतामा अगाडि बढ्न सकिन्छ भन्ने सम्भावना पनि देखिरहेका छौँ', सांसद दाहाले भने, 'भलै त्यो हुन सकेन भनेपनि नेकपा माओवादी केन्द्रको तर्फबाट हामीले प्रभावकारी, बलशाली, रचनात्मक र सिर्जनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौं ।' 

संविधानको कार्यान्वयन गर्दै विकास र सम्मृद्धिको यात्रामा जुनसुकै भूमिकामा रहेर पनि माओवादीले आफूलाई अगाडि बढाउने उनको भनाई छ ।

टिप्पणीहरू