देउवाको कार्यकाल लम्बियो, वैशाख अन्तिम साता महाधिवेशन

देउवाको कार्यकाल लम्बियो, वैशाख अन्तिम साता महाधिवेशन

नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी वैशाखमा गर्न प्रस्ताव भएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैशाख २८,२९, ३० र २१ गते काठमाडौंमा गर्नेगरी महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका हुन् । 

यसअघि केन्द्रीय कार्यसमितिले पुस २६ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । उक्त मितिमा महाधिवेशन नहुने भएपछि कार्यवाहक सभापति खड्काले नयाँ तालिका पेश गरेका हुन् । 

प्रस्तावित कार्यतालिकालाई बैठकले पारित गरेको नेता विमलेन्द्र निधीले जानकारी दिए । उनले विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै समाप्त भइसकेको दावीसमेत गरे ।

नयाँ कार्यतालिका अनुसार चैत २१ मा वडा, २५ मा गाउँ तथा नगरपालिका र २८ गते प्रदेश सभा क्षेत्रीय अधिवेशनको मिति प्रस्ताव गरिएको छ । एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको जिल्लाको जिल्ला अधिवेशन वैशाख २ र एक भन्दा बढी प्रतिनिधि सभा क्षेत्र रहेका जिल्लाको बैशाख ५ गते अधिवेशन तोकिएको छ । 

कावा सभापति खड्काको प्रस्तावमा वैशाख १० देखि १२ गतेसम्म प्रदेश अधिवेशन गर्ने भनिएको छ ।

टिप्पणीहरू