काँग्रेस नफुट्ने जिकिर

काँग्रेस नफुट्ने जिकिर

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी फुट्छ कि भनेर आशंका नगर्न कार्यकर्तालाई आश्वस्त पारेका छन् । विधानअनुसार अघि बढ्दा पार्टी विभाजित नहुने उनले जिकिर गरे । 

संस्थापन पक्षको विरोधका बाबजुत असन्तुष्ट समूह विशेष महाधिवेशनको तयारीमा जुटेपछि काँग्रेस फुट्नसक्ने अनुमान भैरहेका बेला शर्माको यो प्रतिक्रिया आएको हो । पार्टी मुख्यालय सानेपामा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘विधानअनुसार कुनैपनि कार्य गरेर जाँदै गर्दा फुट्दैन, एकढिक्का रहन्छ । एकढिक्का रहने सन्दर्भमा कसैलाई आशंका छ भने त्यो आशंका नराख्नुभए हुन्छ ।’

पार्टीभित्र एकताको विषयमा उठेका आशंकाहरू निराधार भएको भन्दै शर्माले पार्टी थप मजबुत र बलियो भएर अघि बढ्ने दावी पनि गरे । अहिलेको राष्ट्रिय परिस्थितिमा महाधिवेशनमार्फत नेतृत्व, नीति र दृष्टिकोण तय गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै शर्माले त्यसका लागि विशेष महाधिवेशनमा जानुपर्नेमा जोड दिए । 

निर्वाचनअघि राष्ट्रिय संकल्प गर्नुपर्ने उल्लेख गर्दै उनले  नभए विषेश महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको विकल्प नभएको दोहोर्याए । यसबारे कार्यसम्पादन समिति बैठकमा छलफल हुने बताए ।

काँग्रेसमा नियमित महाधिवेशनको कार्यक्रम अगाडि नबढेपछि महामन्त्री गगन थापा र शर्माले विशेष महाधिवेशन प्रक्रिया अघि बढाएका छन् ।

टिप्पणीहरू