वसन्तपुरमा टोपी लगाएर पदयात्रा

वसन्तपुरमा टोपी लगाएर पदयात्रा

जयः नेवा महाअभियानले राष्ट्रिय पोशाक तथा टोपी दिवसको अवसरमा पदयात्रा गरेको छ । 

अभियानका संयोजक कृष्णबहादुर बज्राचार्यको नेतृत्वमा आज बिहान काठमाडौंको वसन्तपुरमा पदयात्रा निकालिएको हो । काठमाडौँ महानगरपालिका–२४ स्थित वसन्तपुरको त्रैलोक्य नारायण मन्दिरअगाडि डबलीबाट शुरु भएको पदयात्रा यट्खा, नरदेवी, न्होखा, क्षेत्रपाटी, ठहिटी, असन, जनबहाल, ईन्द्रचोक, मखन हुँदै पुनः वसन्तपुर आएर समापन हुनेछ ।

पदयात्रामा राष्ट्रिय पहिचान संरक्षण अभियानका संयोजक रघुराज राजभण्डारी, जयः नेवा महाअभियानका सदस्य विजय शाही, नेवाः सेभ द भ्यालीका अध्यक्ष शैलेस शाक्यलगायत तीन दर्जनको उपस्थिति छ ।

तस्बिरहरु 

टिप्पणीहरू