खोला मापदण्डविरुद्धको प्रदर्शनले सडक अवरुद्ध
गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिको र्यालीका कारण राजधानीको त्रिपुरेश्वरदेखि माइतीघर मण्डला आउने सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।
खोला–नदी किनारको मापदण्ड खारेज गर्न माग गर्दै आज बिहान कुपण्डोलबाट शुरु भएको र्यालीका कारण सडक बन्द भएको हो । गैरन्यायिक खोला मापदण्ड कुपण्डोल, गुसिंगाल, राजतीर्थ, सांचल संघर्ष समितिका अध्यक्ष सूर्यबहादुर तण्डुकारको नेतृत्वमा भएको र्यालीमा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य राजाराम तण्डुकारलगायत झण्डै तीन सय जनाको उपस्थिति रहेको छ ।
उनीहरुले ‘गैरन्यायिक खोला मापदण्ड खारेज गर’,‘खोला नदीको मापदण्ड खारेज गर’,‘खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन’,लगायतका नारा लगाएका छन् । त्यसैगरी, कतिपयले ‘फैसला होइन न्याय दे’,‘गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेज गर’,लेखिएको टिसर्ट लगाएर विरोध प्रदर्शन गरेका छन् ।
ण्डोल पुलबाट हाल थापाथली आइपुगेको र्याली माइतीघर मण्डलामा कोण सभापछि सम्पन्न हुने जनाइएको छ । खोला मापदण्डविरुद्ध गत चैतमा पनि पीडितहरुले प्रदर्शन गरेका थिए ।
तस्बिरहरु








टिप्पणीहरू