प्रधानमन्त्रीको विपक्षमा उभिन एमालेको ह्वीप

प्रधानमन्त्रीको विपक्षमा उभिन एमालेको ह्वीप

नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

 संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले संसदमा विश्वासको मतको लागि राख्ने प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरुलाई निर्देशन दिएको बताए । 

एमालेले समर्थन फिर्ता लिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । पर्सि शुक्रबार प्रधानमन्त्रीले प्रतिनिधि सभमा विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने कार्यक्रम छ । 

एमालेले उक्त दिन सांसदहरुलाई अनिवार्य उपस्थित हुन पनि भनेको छ ।

 

टिप्पणीहरू