मन्त्रीको नाममा रेजा लगाउने काम धमाधम
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भोलि गठन हुने नयाँ मन्त्रिमण्डलमा सामेल हुने डेढ दर्जन मन्त्रीको नाम फाइनल प्रक्रिया धमाधम चलिरहेको छ । राष्ट्रपति कार्यालयले शीतल निवासस्थित सुरक्षा तथा समारोह व्यवस्था कार्यालयलाई पत्र लेखेर शपथ ग्रहण समारोह तयारी तथा व्यवस्थापनको निम्ति अनुरोध गरिसकेको छ ।
यता एमाले र नेपाली काँग्रेसले दुई जना उपप्रधानसहित १७ वटा मन्त्रालयको भागबण्डा गरेका छन् । चार मन्त्रालय भने सरकारमा सहभागी हुने अन्य साना दलको भागमा पर्ने एको छ ।
काँग्रेसले पूर्व उपसभापति प्रकाशमान सिंहको नेतृत्वमा नौ जना मन्त्री बनाउने सल्लाह छ । सिंहलाई उपप्रधानसहित संघीय मामिला तथा सामान्य प्रशासन/स्थानीय वा सहरी विकासमध्ये एकको जिम्मेवारी दिइने सम्भावना बढी छ । गृहमन्त्रीमा रमेश लेखक र परराष्ट्रमा सभापति पत्नी तथा नेतृ डा. आरजू नियुक्त हुनेछन् ।
सांसद अजय चौरसिया र जीवन परियारमध्ये एकजनालाई कानुनमन्त्री बनाउने जोडघटाउमा काँग्रेसभित्र छलफल टुंगो लागेको स्थिति छ ।
एमालेबाट विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्ने निश्चित भइसकेको छ । अन्य मन्त्रीमध्ये पृथ्वीसुब्बा गुरुङ एक जना सम्भाव्य हुन् । निवर्तमान कानुनमन्त्री पदम गिरी क्याबिनेटमा दोहोरिँदै छन् । उनै गिरी र योगेश भट्टराईमध्ये एकजना सञ्चारमन्त्री हुने सम्भावना छ ।
टिप्पणीहरू