भागबण्डा मिलेपछि मुख्यमन्त्रीमा काँग्रेसको दाबी

भागबण्डा मिलेपछि मुख्यमन्त्रीमा काँग्रेसको दाबी

बागमती प्रदेश सरकारमा एमाले र नेपाली काँग्रेसबीच मन्त्रालय भागबण्डा मिलेको छ । १३ मध्ये काँग्रेसको भागमा सात र एमालेको भागमा छ मन्त्रालय परेको बताइएको छ । 

बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली काँग्रेसका बहादुर सिंह लामाले दाबी पेश गर्न लागेका छन् । उनले बिहान ११ बजे दाबी पेश गर्ने तयारी छ । 

प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज साँझ ५ बजेसम्म दाबीका लागि समय दिएका छन् । माओवादीका तर्फबाट मुख्यमन्त्री रहेका शालिकराम जम्मकट्टेलले राजीनामा दिएपछि ठूला दुई दलको समर्थनमा लामा मुख्यमन्त्री बन्न लागेका हुन् ।

टिप्पणीहरू