एआइजी ज्ञवालीको सम्पत्ति पनि छानबिन हुँदै,खटिने टोलीमा को-को ?
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीविरुद्ध परेका विभिन्न उजुरीमाथि छानबिन शुरु भएको छ । आर्थिक प्रशासन हेर्ने एआइजी टेकप्रसाद राईको संयोजकत्वमा गठित पाँच सदस्यीय टोलीमा एक जना इञ्जिनियरलाई पनि यसै प्रयोजनार्थ सामेल गरिएको छ ।
अन्य सदस्यमा हेडक्वार्टरस्थित अपराध अनुसन्धान विभागका एसएसपी नवीन राई,उजुरी छानबिनका एसपी प्रकाश मल्ल,कानुन हेर्ने डिएसपी रुकबहादुर खड्का र इन्जिनियर डिएसपी मुकेश तिवारी छन् । तिवारीलाई सम्भावित जिन्सी सामान घोटालाको आशंकामा छानबिनका लागि राखिएको स्रोतको दाबी छ । प्रहरीमा सिभिल र कम्प्युटर गरेर दुईथरि इञ्जिनियर हुन्छन् ।
"अन्य सदस्यमा हेडक्वार्टरस्थित अपराध अनुसन्धान विभागका एसएसपी नवीन राई,उजुरी छानबिनका एसपी प्रकाश मल्ल,कानुन हेर्ने डिएसपी रुकबहादुर खड्का र इन्जिनियर डिएसपी मुकेश तिवारी छन् ।"
इञ्जिनियर राख्नुको मतलब सिआइबी प्रमुख भएलगत्तै बढोत्तरी भएको जिन्सी र नगद घोटालाको मूल्यांकन गराउनु रहेको स्वतः अनुमान लगाउन सकिन्छ । ज्ञवालीमाथि पछिल्लो राजनीतिक खेलोफड्कोको मौकामा पदीय मर्यादाको दुरुपयोग गरेको र चेन अफ कमाण्ड तोडेको आरोप लागेको छ ।
रवि लामिछाने गृहमन्त्री बनेसङ्गै एकाएक केन्द्रीय अनुसन्धान ब्यूरोको प्रमुख बनाइएका उनी र उनको सचिवालयमाथि यसबीच प्रहरी मुख्यालयमा दर्जनौं उजुरी परेको बताइन्छ ।
गत फागुनमा लामिछानेले सुन काण्डको थप प्रभावकारी अनुसन्धान गर्ने भन्दै ज्ञवालीलाई त्यहाँ लगेका थिए । ज्ञवालीमाथि विभिन्न बैंकका कर्जा काण्ड मिलाउने,एलओडी डिस्कोको नावालिका करणी,बालमन्दिरको जग्गा घोटाला,सेन्चुरी बैंकको ठगीलगायत विभिन्न प्रकरणमा लेनदेन गरेकोसमेत उजुरी छ ।
टिप्पणीहरू