कार्यभार सम्हालेलगत्तै प्रदेश प्रमुखद्वारा मन्त्रीहरुलाई शपथ
कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीले कार्यभार सम्हालेका छन् । काँग्रेस कोटामा प्रदेश प्रमुख बनेका उनले जिम्मेवारी सम्हालेलगत्तै काँग्रेसका चार मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाउने तयारी गरिएको छ ।
यसअघि मुख्यमन्त्री यामलाल कँडेलले उनीहरुलाई मन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेका हुन् । काँग्रेसले आर्थिक मामिलासहित चार मन्त्रालय लिएको छ ।
राजीवविक्रम शाहको नेतृत्वमा काँग्रेसबाट घनश्याम भण्डारी, विजया बुढा र सुरेश अधिकारी मन्त्री बनेका छन् । शाहले आर्थिक मामिला तथा योजना र भण्डारीलाई सामाजिक विकास मन्त्रालयको जिम्मा दिइएको छ । विजया बुढालाई जलस्रोत तथा ऊर्जा मन्त्रालय र सुरेश अधिकारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
टिप्पणीहरू