सांसद सोबितालाई घेराबन्दी ‘मीठो बोलेर मात्रै विकास हुने भए केपी ओलीलाई सपोर्ट गर्थ्यौ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं २ मा पुग्दा आफूमाथि दुर्व्यवहार भएको बताएकी छन् । प्रतिनिधि सभाको आजको बैठकमा उनले हिजो निर्वाचन क्षेत्रको कागेश्वरी मनोहरा नगरपालिका–६ मनकामना टोलमा पुग्दा केहीले अवरोध पुर्याएको उल्लेख गरिन् ।

उनले वर्षाबाट भएको क्षतिको अवलोकन गर्न आफू सो क्षेत्रमा गएको र केही युवाले आफूलाई घेरेर चर्को स्वरमा कराएको,अपशब्द बोलेपछि आफूलाई सुरक्षा चुनौती भएको संसदलाई जानकारी गराइन् ।

उनले मूलपानी क्रिकेट रंगशाला नजिकै डाँडामा रहेको चियापसल अगाडि स्थानीय युवाले दुर्व्यहार गरेको आरोप लगाएकी छन् । गाँजा र रक्सीले मात्तिएका १५, २० जना युवाले दुर्व्यवहार गरेको उनको दाबी छ । 

‘तपाईंहरु बूढो मान्छेले बोलाएको ठाउँमा मात्रै जाने ?’ भनेर अपशब्द बोलेको उल्लेख गर्दै उनले भनेकी छन्, ‘तैँले निर्वाचन क्षेत्रभित्र के गरिस् ?’ जस्ता प्रश्न सोधियो । गौतमले अब निर्वाचन क्षेत्र भ्रमण गर्दा पनि डराउनुपर्ने अवस्था आएको गुनासो गरेकी छन् ।

‘तपाईंहरु बूढो मान्छेले बोलाएको ठाउँमा मात्रै जाने ?’ भनेर अपशब्द बोलेको उल्लेख गर्दै उनले भनेकी छन्, ‘तैँले निर्वाचन क्षेत्रभित्र के गरिस् ?’ जस्ता प्रश्न सोधियो । गौतमले अब निर्वाचन क्षेत्र भ्रमण गर्दा पनि डराउनुपर्ने अवस्था आएको गुनासो गरेकी छन् । 

स्थानीय युवाले भने आफूहरुले जनप्रतिनिधिलाई रोजगारीबारे जिज्ञासा राखेको बताएका छन् । पटक पटक भेट्न खोज्दा समय नदिएको र निर्वाचन क्षेत्रको विकासमा बेवास्ता गरेकाले उनलाई जिताउन निर्वाचनमा भोट मागेकोमा अहिले आफूहरुलाई पछुुतो लागेको एक जनाले उल्लेख गरे । 

भिडियोमा गौतमकी स्वकीय सचिवले छलफल भएको बताएकी छन् । त्यहाँ कुनै दुर्व्यवहार नभएको भिडियोमा देख्न सकिन्छ । सांसदले मीठो बोल्न आग्रह गर्दा एक जनाले ‘मीठो बोलेर विकास हुने भए केपी ओलीलाई सपोर्ट गर्थ्र्यौं नि’ भनेका छन् ।

टिप्पणीहरू