सरकार बिचौलियाको पोल्टामा पुगेको ठहर
प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले सरकार बिचौलियाको पोल्टामा पुगेको दावी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युतको बक्यौता नबुझाउने उध्योगी-व्यवसायीको पक्ष लिएकोप्रति असन्तुष्टि जनाउँदै उनले सरकार बिचौलियाको स्वार्थमा चलेको बताएका हुन् । आज राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद शर्माले भने - 'अहिलेको प्रधानमन्त्री वा सरकारले लिएको नीति के हो ? महशुल मिनाह गर्ने कुराले विचौलिया हाबी भएको स्थिति स्वभाविक रुपमा देखिन्छ ।'
विद्युतको महशुल तिर्न अदालतले दिएको आदेश व्यवसायीहरुले अटेर गर्दै आएको स्मरण गराउंदै उनले प्रधानमन्त्री ओलीको कदम महशुल मिनाह गराउनेतर्फ उद्धत रहेको बताए । ‘विद्युत महशुल तिर्ने विषय अदालत, संसदीय समितिका कुरा सुन्दा र मोटामोटी डाटामा हेर्दा विद्युत बिल नतिर्ने ९० वटा मुद्दा परेका रहेछन् । प्रायः सबै दालतले विद्युत महशुल तिर्नुपर्छ भनेको रहेछ । कतिपय मुद्दा विचाराधीन छन् र ९० मध्ये अधिकांशमा फैसला गरेको छ', सांसद शर्माले भने ।
सरकारका नीतिमा विचौलियाहरुको स्वार्थ हाबी भएको स्पष्ट देखिएको जनाउँदै उनले प्रश्न गरे - 'सरकार जेलनेल सहेका नेताहरुले चलाइरहेका छन् की अरु कोहीले ?'
टिप्पणीहरू