कालोसूचीमा परे पनि दुबोको माला
ऊर्जा,जलस्रोत तथा सिन्चाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई राजधानीमा स्वागत र सम्मान गरिएको छ । रामेछापका स्थानीयले राज्यमन्त्री तामाङलाई दुबोको माला लगाएर स्वागत गरेका हुन् ।
राजधानीमा रहेका रामेछापको गोकुलगङ्गा गाउँपालिका चुचुरेका स्थानीयले उनलाई स्वागत गरेको बताइएको छ । नेपाली काँग्रेसका सांसद तामाङ यसअघि बैंकको ऋण नतिरेपछि कालोसूचीमा परेका थिए ।
टिप्पणीहरू